डेरेक प्रिन्सको जीवन, सेवकाइ र विरासत

डेरेक प्रिन्स एक अन्तर्राष्ट्रिय बाइबल शिक्षक थिए जो आफ्नो ईश्वरशास्त्रीय अन्तर्दृष्टि र निष्कपट ईसाई विश्वासको लागि अत्यधिक सम्मानित थिए। उहाँ १०० भन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ जसले प्रत्येक वर्ष हजारौं नयाँ पाठकहरूलाई निरन्तर आकर्षित गर्छ।

डेरेक प्रिन्स

सेवकाइः
अन्तर्राष्ट्रिय बाइबल शिक्षक, लेखक, पास्टर, मिसनरी र ईश्वरशास्त्री
जन्मः
१४ अगस्ट १९१५, बैंगलोर, भारत
मृत्युः
२४ सेप्टेम्बर २००३ (उमेर ८८), यरूशलेम, इस्राएल

विषयसूची

(स्थानको लागि स्क्रोलमा क्लिक गर्नुहोस्)

बाल्यकाल

डेरेक प्रिन्सको जन्म सन् १९१५ मा भारतको बैंगलोरमा बेलायती सैनिक परिवारमा भएको थियो। १४ वर्षको उमेरमा उहाँले इटन कलेजमा छात्रवृत्ति जित्नुभयो जहाँ उहाँले ग्रीक र ल्याटिन अध्ययन गर्नुभयो। उहाँले क्याम्ब्रिज विश्वविद्यालय, इङ्गल्याण्डमा आफ्नो शिक्षा जारी राख्दै किङ्ग्स कलेजमा प्राचीन र आधुनिक दर्शनमा फेलोशिप प्राप्त गर्नुभयो। डेरेकले क्याम्ब्रिज विश्वविद्यालयमा पढ्नुहुँदा हिब्रू र अरामाइक सहित धेरै आधुनिक भाषाहरू पनि अध्ययन गर्नुभयो, जसलाई उहाँले पछि यरूशलेमको हिब्रू विश्वविद्यालयमा परिष्कृत गर्नुभयो।

यद्यपि डेरेक एङ्गलिकन चर्चमा हुर्किनुभएको थियो, उहाँले क्याम्ब्रिज विश्वविद्यालयमा आफ्नो ईसाई विश्वासलाई त्याग्नुभयो र नास्तिक विचारधारालाई अपनाए। तृतीय वर्षको अध्ययनलाई सम्झिँदै, उहाँले पछि भन्नुभयो:

"मलाई धेरै लामो शब्दहरू र वाक्यांशहरू थाहा थियो, र धेरै फरक कुराहरू प्रयास गरेको थिएँ। तर, पछाडि फर्केर हेर्दा, मैले स्वीकार गर्नुपर्छ कि म अलमल्ल र दिक्कदार, निराश र भ्रममा परेको थिएँ, र जवाफ कहाँ खोज्ने थाहा थिएन।"

दोस्रो विश्वयुद्ध

डेरेकको शैक्षिक यात्रा दोस्रो विश्वयुद्धको कारण रोकिएको थियो। १९४० मा उहाँ आफ्नो व्यक्तिगत विश्वासको आधारमा एक गैर-लडाकू सिपाहीको रूपमा रोयल आर्मी मेडिकल कोर्पमा भर्ना हुनुभयो। सक्रिय सैन्य सेवाको दौरानमा आफ्नो अध्ययनलाई अगाडि बढाउन, डेरेकले आफ्नो साथमा एउटा बाइबल लिएर जानुभयो जसलाई उहाँले परमेश्वर प्रेरित वचनको सट्टा दार्शनिक पुस्तक ठान्नुहुन्थ्यो।

३१ जुलाई १९४१ मा, स्कारबोरो, योर्कशायरमा एक प्रशिक्षण ब्यारेकमा तैनात हुँदा, उहाँले येशू संग एक शक्तिशाली भेटको अनुभव गर्नुभयो जसले उहाँको जीवनको धारलाई नै परिवर्तन गरिदियो। त्यस अनुभवलाई स्मरण गर्दै उहाँले भन्नुभयोः

"मैले येशूको आवाज सुनें, उहाँ धर्मशास्त्र, बाइबल मार्फत अति स्पष्ट रूपमा बोल्नुभयो। र मैले उहाँको आवाज सुनेको दिनदेखि, आजसम्म, त्यहाँ दुईवटा कुराहरू छन् जुन मैले कहिल्यै शंका गरेको छैन। येशू जीवित हुनुहुन्छ भन्ने कुरामा मैले कहिल्यै शङ्का गरेको छैन, र बाइबल परमेश्वरको वचन हो भनेर मैले कहिल्यै शङ्का गरेको छैन।”

यसरी २०औं शताब्दीका सबैभन्दा प्रख्यात बाइबल शिक्षकहरूको आध्यात्मिक यात्रा सुरु भयो।

आफ्नो ईसाई विश्वासको परिवर्तन पछि लगभग तुरुन्तै, डेरेकलाई उत्तर अफ्रिकाको मरुभूमिमा सक्रिय सेवामा ट्रान्सफर गरियो जहाँ उहाँले सेनाको चिकित्सकको रूपमा सेवा गर्दै तीन वर्ष बिताउनुभयो। उहाँले आफ्नो फुर्सदको समयमा बाइबल अध्ययन गर्न र परमेश्वरसित व्यक्तिगत सम्बन्ध विकास गर्नलाई समर्पित गर्नुभयो।

युद्धको अन्तमा, यरूशलेममा तैनाथ रहँदा डेरेकलाई सेनाबाट हटाइयो, र उहाँले यहूदीहरू इस्राएलमा फर्कि आउनेछन् भन्ने बाइबलीय भविष्यवाणीको पूर्णताको गवाही दिँदै रहनुभयो।

लिडिया प्रिन्स

१९४६ मा, डेरेकले आफ्नी पहिलो पत्नी लिडिया क्रिस्टेनसेनसँग विवाह गर्नुभयो, जो एक डेनिस मिसनरी थिईन् र यरूशलेम नजिकै बाल गृह चलाउँदै आउनु भएको थियो। यस क्रममा, उहाँ आठ धर्मपुत्रीका पिता बन्नुभयो।

डेरेक र लिडिया १९४८ मा यहूदी राज्य इस्राएलको स्थापना पछिसम्म यरूशलेममा नै बस्नुभयो। स्वतन्त्रताको लडाइँमा अरब र इस्राएली सेनाहरू बीचको स्वतन्त्रताको लडाइँमा फँस्नुभएको बेला, उहाँहरूलाई आफ्नो घरबाट हटाइयो र अनिच्छुकतासाथ इङ्गल्याण्डमा बसाइँ सर्नुभयो। मध्य लन्डनमा बसोबास गरेपछि, डेरेकले प्राय: लिडिया र केही केटीहरूसँग मिलेर हाइड पार्कको स्पिकर्स कर्नरमा प्रचार गर्न थाल्नुभयो। समय बित्दै जाँदा, सहभागीहरूलाई थप सेवकाईको लागि परिवारको घरमा निम्तो दिइयो र यसरी एउटा नयाँ चर्चको जन्म भयो। यो १९५६ सम्म जारी रह्यो जब प्रिन्सहरूले परमेश्वरको बोलावटमा जवाफ दिनुभयो र जनवरी १९५७ मा मिसनरीहरूको रूपमा केन्या जानुभयो।

त्यसपछिका वर्षहरूमा, डेरेक र लिडियाले स्थानीय मानिसहरूको सेवा गर्दैजाँदा धेरै फलहरू देख्नुभयो, जसमा एउटी केटी पनि थिईन् जो प्रार्थनाद्वारा मृतकबाट बौरी उठेकी थिईन्।

१९६२ सम्म, यस दम्पतीले एक अनाथ केन्याली शिशुलाई अपनाएका थिए र क्यानाडामा बिदामा गएका थिए। लिडिया, डेरेक भन्दा २५ वर्ष जेठी, जो आफ्नो शुरूवाती सत्तरीको दशकमा पुगेकी थिईन् र उनी साथीहरू र अन्य विश्वासीहरूसँग बस्न चाहन्थिन्। यस आवश्‍यकताले उत्प्रेरित भएर डेरेकले मिनियापोलिसको पेन्टेकोस्टल चर्चमा बाइबल शिक्षक बन्ने निम्तोला स्वीकार गर्नुभयो।

डेरेक र लिडिया प्रिन्स।

यस दशकको अन्त्य हुनु अघि, तथापि, प्रिन्सहरू थप तीन पटक सर्नुभयो; क्रमशः सिएटल, शिकागो र फोर्ट लाउडरडेल। सेवकाईमा भएका घटनाक्रमहरूले नयाँ र अप्रत्याशित ढोकाहरू खोलिदिए, तर यी दम्पती परमेश्वरको सदा-अवस्थित बोलावटप्रति नै वफादार रहे।

१९६८ सम्म, डेरेकको शिक्षण सेवकाईले उदीयमान क्यारिस्मेटीक अभियानमा उत्तेजना चरम सीमामा बढेको थियो। उहाँले शक्ति र अधिकारको साथ वचन प्रचार गर्दै, व्यापक यात्रा गर्नुभयो।

अक्टोबर ५, १९७५ मा, लिडिया प्रिन्स ८५ वर्षको उमेरमा परिवार वरिपरि भएकै अवस्थामा शान्तिपूर्वक निधन भयो। उनी "यरुशलेममा नियुक्ति" को लेखक हुन् जुन उनको मृत्युको केही समय अघि नै प्रकाशित भएको थियो।

रुथ प्रिन्स

१९७८ मा, डेरेकले आफ्नी दोस्रो पत्नी रुथ बेकरसँग विवाह गरे, जो तीन धर्मपुत्री बच्चाहरूको अमेरिकी एकल आमा हुन्। डेरेक आफ्ना साथीहरूसँग इस्राएल भ्रमण गर्दा उहाँसँग यरूशलेममा भेट भएको थियो।

सँगसँगै, "डेरेक प्रिन्ससँग आज" शीर्षकको दैनिक रेडियो कार्यक्रमको सुरुवातसँगै सेवकाईको नयाँ चरण देखा पर्‍यो। मूल रूपमा आठ रेडियो स्टेशनहरूमा प्रसारण हुँदैगर्दा, श्रोताहरूको ह्वात्तै बृद्धि भयो र सेवकाईको विरासत मजबूत भयो। आज, यी रेकर्डिङहरू विश्वभरि वितरण गरिएका छन् र विभिन्न भाषाहरूमा उपलब्ध छन्।

डेरेक र रुथको प्रेम कथाको विवरण "गड इज ए म्याचमेकर" पुस्तकमा लेखिएको गरिएको छ जुन उनीहरूको सह-लेखन थियो र १९८६ मा प्रकाशित भएको थियो।

डेरेक र रुथ प्रिन्सले १९८५ मा जाम्बियाको जाम्बेजी नदी छेउमा फोटो खिचाएका थिए।

रुथको २९ डिसेम्बर १९९८ मा यरूशलेममा एक अपेक्षाकृत छोटो रोग पछि मृत्यु भयो जुन रोगको कहिल्यै ठीकसँग निदान नै हुन सकेन। उनी ६८ वर्षकी थिइन् र दुई दशकभन्दा बढी समयसम्म डेरेकको पक्षमा वफादार भई सेवा गरिरहेकी थिइन्।

शोकद्वारा पराजित हुँदै, डेरेकको हृदयमा तीतोपनको इनार बढ्न थाल्यो। अन्ततः उहाँलाई परमेश्वरबाट टाढा बनाउने अशुद्ध शक्तिको महसुस गर्दै, उहाँले रूथको अन्त्येष्टिमा सार्वजनिक वक्तव्य दिनुभयो जसले उहाँको बाँकी वर्षहरू परिभाषित गर्नेछ। जसै बाकसलाई तल झारियो, डेरेकले रुथको जीवनमा गर्नुभएका सबै कामका लागि परमेश्वरलाई धन्यवाद दिनुभयो, आफ्नो स्वर्गीय पिताप्रतिको उनको प्रेम र विश्वासलाई इमानदारीपूर्वक पुष्टि गर्नुभयो। त्यस मोडको बारेमा सम्झिँदै, उहाँले पछि भन्नुभयो:

"त्यो मेरो जीवनको महत्त्वपूर्ण क्षण थियो। मलाई थाहा थियो कि रुथको विलापलाई लिएर म कहिल्यै अगाडि बढ्न सक्दिन। म सधैं परमेश्वरलाई दोष दिन्थेँ, र मेरो जीवनको ढोका बन्द हुनेथियो। म यसरी मात्रै जारी रहन सक्थें”

मृत्यु

डेरेक प्रिन्सको २४ सेप्टेम्बर २००३ मा ८८ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भयो। लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि यरूशलेमस्थित आफ्नै घरमा उहाँको निदाएकै अवस्थामा निधन भएको थियो।

यरूशलेमको एलायन्स चर्च इन्टरनेशनलको चिहानमा गाडिएको, डेरेकको ढुङ्गाको पाटीमा यस्तो लेखिएको छ:

डेरेक प्रिन्स
१९१५ - २००३
घर जानुभयो
धर्मशास्त्रका एक शिक्षक
सत्य र विश्वास र प्रेममा
ख्रीष्ट येशूमा भएकाहरू धेरैका लागि
परमेश्वर विश्वासयोग्य हुनुहुन्छ

डेरेक प्रिन्स १९७४ मा सान एन्टोनियो, टेक्सासको ट्रिनिटी चर्च (अहिले कर्नरस्टोन चर्च) मा प्रचार गर्दै।

बाइबल शिक्षक

१९४४ मा, इस्राएलको किरियाट मोट्जकिनमा मेडिकल आपूर्ति डिपोमा तैनाथ हुँदा, प्रभुले डेरेकसँग स्पष्ट रूपमा यसो भन्नुभयो:

"तिमीलाई धर्मशास्त्रको शिक्षक हुन बोलाइएको छ, सत्य, विश्वास र प्रेममा, जुन धेरैका लागि- ख्रीष्ट येशूमा छ।"

यो डेरेक तैनाथ भएको वर्तमानको स्टेशनबाट निकै टाढाको संसार जस्तो देखिन्थ्यो, तर समयमा परमेश्वरले १९४१ मा प्रतिज्ञा गर्नुभए जस्तै यो प्रकट भयो:

“यो एउटा सानो खोला जस्तै हुनेछ। यो खोला नदी बन्नेछ। यो नदी ठूलो नदी बन्नेछ। ठूलो नदी समुद्र बन्नेछ। समुद्र एक शक्तिशाली महासागर हुनेछ, र यो तिमी मार्फत हुनेछ; तर कसरी, तिमीलाई थाहा छैन, तिमी यो जान्न सक्दैनौं, तिमीलाई यो थाहा छैन।"

आजको दिनसम्म, डेरेक प्रिन्सको नाम असल ईश्वरशास्त्रको र परमेश्वरको वचनको स्पष्ट तर व्यवस्थित शिक्षा प्रणालीको पर्यायवाची बनेको छ। उहाँको अटल विश्वास र धर्मशास्त्र अध्ययन गर्ने भक्तिले उहाँलाई आफ्नो समयको सबैभन्दा सम्मानित र प्रशंसनीय बाइबल शिक्षकहरूमा परिणत गर्‍यो।

डेरेक १०० भन्दा बढी पुस्तकहरूका लेखक हुन् र बाइबल शिक्षण स्रोतहरूको अमूल्य खजाना हुन् जसले उहाँको जीवनको काम र जोशलाई अमर बनाउँछ। १०० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएका ति सबै विश्वभरका लाखौं ईसाईहरूको लागि प्रेरणा र अध्ययनको स्रोत बनेका छन्।

२००३ मा डेरेकको मृत्यु हुनुभन्दा एक वर्ष अघि, द जेरुसेलम पोस्टका एक पत्रकारले उनलाई आज चर्चको सबैभन्दा ठूलो आवश्यकता के हो भनेर सोधेका थिए। "बाइबल शिक्षकहरू," डेरेकले जवाफ दिए, "गम्भीर बाइबल शिक्षकहरू।" उक्त वार्तालाप सम्झँदै पत्रकारले २००६ मा लेखेका थिए, ‘वास्तवमा उहाँजस्ता थोरै थिए।'

डेरेक प्रिन्स मिनिस्ट्रीज

मे १९७१ मा, डेरेकले आधिकारिक रूपमा फोर्ट लाउडरडेल, फ्लोरिडामा आफ्नो शिक्षाहरू प्रकाशित गर्न र वितरण गर्न अफिस खोल्नुभयो। मूल रूपमा डेरेक प्रिन्स पब्लिकेशनको रूपमा चिनिने, सञ्चालनहरू बिस्तारै विस्तार भयो, र डिसेम्बर १९९० मा यसलाई डेरेक प्रिन्स मिनिस्ट्रीज नामकरण गरियो।

आज, अष्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, नर्वे, रूस, दक्षिण अफ्रिका, स्विट्जरल्याण्ड, युनाइटेड किङ्गडम र संयुक्त राज्य अमेरिका लगायत विश्वभरका ४५ भन्दा बढी देशहरूमा डेरेक प्रिन्स प्रिन्सको कार्यालयहरू छन्। यो आध्यात्मिक रूपमा भोकाएकाहरूलाई जुटाउन दृढ रूपमा प्रतिबद्ध छ, र यो काम, डेरेकले जुलाई २००२ मा बताउनु भएको दर्शनलाई पूरा गर्छ:

"यो मेरो चाहना हो, र म प्रभुको चाहनामा विश्वास गर्दछु, यो सेवकाईले कामलाई जारी राख्छ, जुन काम परमेश्वरले म मार्फत ६० वर्ष अघि सुरु गर्नुभएको थियो, येशु नआऊनु भएसम्म।"
डेरेक प्रिन्स
होम
स्रोतहरू
+
स्रोतहरूस्टोरसमाचारआउटरिच
बारेमा
+
दान गर्नुहोस्
संलग्न हुनुहोस्
+
सम्पर्क गर्नुहोस्
+
सम्पर्क गर्नुहोस्
White Facebook iconWhite YouTube iconWhite Instagram iconX icon